चीन–अमेरिकाबीचको अर्को व्यापार वार्ता आगामी हप्ता अमेरिकामा

चीन–अमेरिकाबीचको अर्को व्यापार वार्ता आगामी हप्ता अमेरिकामा


बेइजिङमा जारी चीन–अमेरिका व्यापार वार्ता आगामी हप्ता वासिंटनमा हुनेगरी टुंगिएको चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार बताएका छन् । ‘व्यापार वार्ताका लागि दुई पक्षबीच पुनः आगामी साता वासिंटनमा भेट हुनेछ,’ सीले अमेरिकी तथा चिनियाँ वार्ताटोलीका उच्च प्रतिनिधिसँगको भेटमा बताए ।

वार्ताका लागि अमेरिकी टोली बेइजिङ आएको र दुई दिन लामो वार्ता विवादका केही विषयमा छलफल गरी टुंगिएको छ । यस पहिले चिनियाँ टोली अमेरिका पुगी विवाद समाधान प्रयास गरेको थियो । वासिंटनमा भएको वार्ता सकारात्मक भएको भन्दै दुई देशका उच्च नेताले यस अघि प्रतिक्रिया दिएका थिए ।

उनले भने, ‘मैले विश्वास गरेको छु दुवै समूहले कडा मिहिनेत गर्नेछन् साथै व्यापारबारे देखिएका असमझदारीलाई आपसी लाभ र दुवै मुलुकको जित हुने सहमतिमा पु¥याउनेछन् ।’