छात्रा भलिबलमा ग्रिनफिल्डले बाजी माऱ्यो

छात्रा भलिबलमा ग्रिनफिल्डले बाजी माऱ्यो


ग्रिनफिल्डले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत छात्रा भलिबल उपाधि जितेको छ । हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनफिल्डले ग्लेसियरलाई ३–० को सोझो सेटमा पराजित गऱ्यो । छात्रमा नवोदित पहिलो भयो । फाइनलमा नवोदितले एन्जल्स हर्टलाई ३–२ ले हरायो ।

विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष डा. स्वागत श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छात्रमा १६ तथा छात्रामा ८ टिम सहभागी थिए ।

खेलकुद सप्ताहअन्तर्गत अब बास्केटबलमा मात्र सम्पन्न हुन बाँकी छ । बसुन्धारास्थित ऋत एकेडेमीमा भइरहेको बास्केटबलको छात्रमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई ६२–५७ तथा गोल्डेनगेटले ऋत एकेडेमीलाई ३९–२५ ले पराजित गरे । छात्रामा जेभियरले ग्रिनफिल्डलाई २२–११ तथा गोल्डेनगेटले टाइम्सलाई २२–१२ ले हराए ।