डिफेन्डङ च्याम्पियन मल्पी पाँचौँपटक च्याम्पियन

डिफेन्डङ च्याम्पियन मल्पी पाँचौँपटक च्याम्पियन


डिफेन्डिङ च्याम्पियन मल्पी आठौँ एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मल्पी लगातार पाँचौँपटक च्याम्पियन बनेको हो । चौथो संस्करणदेखि च्याम्पियन बन्दै आएको मल्पी बाँकीका तीन संस्करणमा भने सेमिफाइनलसम्म पुगेको राष्ट्रिय बास्केटबल खेलाडी एवं मल्पीका प्रशिक्षक रोविन खत्रीले जानकारी गराए ।

फाइनलमा मल्पीले आयोजक एसलाई ७५–२६ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । मल्पीका आयुश लामाले १४ अंक जोडे । चारै क्वार्टरमा अग्रता लिएको मल्पीले पहिलोमा २५–८, दोस्रोमा ११–७, तेस्रोमा १६–५ र चौथोमा २३–६ स्कोर ग¥यो ।

मल्पीका आयुश लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ९७ स्कोर गरेका एसका तेन्जिङ जिग्मे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । विजेतालाई एसकी प्रोग्राम म्यानेजर मिलिना ताम्राकारले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । आइतबारदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।