आज हिरो महिला गोल्डकप उपाधिका लागि नेपाल म्यानमारसँग खेल्दै

आज हिरो महिला गोल्डकप उपाधिका लागि नेपाल म्यानमारसँग खेल्दै


हिरो महिला गोल्डकप फुटबलको फाइनलमा शुक्रबार नेपालले म्यानमारको सामना गर्ने भएको छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच उपाधिको लागि प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रूपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा फाइनल प्रतिस्पर्धामा पुगेको म्यानमारले अपराजित रहँदै नौ अंक बनाएको थियो भने नेपाली टिमले दुई खेलमा जित निकाल्दै ६ अंक जोडेको थियो । राउन्ड रोबिनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् । आयोजक भारत र इरान भने लिग राउन्डबाटै बाहिरिएका थिए ।

पहिलो खेलमा नेपालले म्यानमारसँग ३–० गोलको हार व्यहोरेको थियो । आजको खेलमा नेपालको लक्ष्य हारको बदला लिँदै हिरो महिला गोल्डकपको उपाधि उचाल्ने रहेको छ । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आयोजक भारतसँगै म्यानमार, इरान र नेपाल सहभागी छन् ।