‘कर्के नजर’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै

‘कर्के नजर’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै


  • राजन घिमिरे, अष्ट्रेलिया

गायक सन्जिव पराजुली र गायिका टीका प्रसाईंको केही दिनअघि सार्वजनिक गीत ‘कर्के नजर’ मा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता हुने भएको छ । बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाको आयोजनामा हुन लागेको यो नृत्य प्रतियोगिता २०७५ माघ २७ गते (10th February 2019) बाट शुरु भई २०७६ वैशाख ७ गतेसम्म रहने जानकारी दिइएको छ ।

उक्त अवधिभर प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले ‘कर्के नजर’ गीतमा नाचेर भिडियो पठाउनु पर्नेछ । कतै अडिसन दिनु नपर्ने, कतै फारम भर्न नपर्ने, घरै बसीबसी आफुमा भएको प्रतिभा विश्वसामु प्रस्तुत गर्न सकिने यस प्रतियोगितामा उत्कृष्ट एक प्रतियोगीलाई एक लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको बारेमा थप जानकारीका लागि गायक संजीव पराजुली र गायिका टीका प्रसाईंको फेसबुक पेज र sanjibparajuli.com मा गई हेर्न सकिने जनाइएको छ । प्रतियोगितामा क्लासीफाइड बजार डट कमको सहयोग रहेको छ ।

नेपाल र नेपालबाहिर रहेका नेपालीहरुमा नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा गीत, संगीत र नृत्यले उल्लेखनीय योगदान पुर्याइरहेको हुन्छ । ‘कर्के नजर’ अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताले यसमा थोरै भए पनि योगदान पुर्याउने कुरामा बाबा एजुकेशन कन्सल्टेन्सीका सीइओ रविन्द्रकुमार शर्माले विश्वास ब्यक्त गरे । शर्माले यो भन्दा पहिले ‘नाइँ मलाई थाहा छैन’ अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताले पाएको सफलता र उपलब्धिहरुबाट आफुलाई खुशी र हौसला मिलेको र सोहीअनुसार ‘कर्के नजर’ गीतमा पनि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।