तपाईंको यो साता (राशिफल, १–७ फागुन, २०७५)

तपाईंको यो साता (राशिफल, १–७ फागुन, २०७५)


  • ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
यो सातामा आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । साताको अन्त्यबाट प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्य भगवानको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
यो सातामा कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । अरुको बहालीको लागि गरेको कामले बढी सफलता मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ्ग घ्यूरङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
समाजसेवातर्फ आकर्षित भइनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
राजनैतिक क्षेत्रबाट सफलता र प्रसंसा पईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । सेयरको कारोबारमा फाईदा हुनेछ । साताको अन्त्यमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ३, ४ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

सिंह
यो सातामा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । कार्यालय तथा घरायसी दुवैतर्फको बोझिलो कार्यले तनाव सिर्जना गर्न सक्छ । शुक्रवारबाट बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या
लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । विश्वासपात्रले साथ दिनेछन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला
यो सातामा राजनैतिक क्षेत्रबाट ख्याती कमाउने योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर मिल्ने देखिन्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृश्चिक
यो सातामा गरेका कामबाट राम्रै लाभ हुनेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । पराक्रम बढ्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुने छन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु
बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विद्यार्थीका लागिपनि सकारात्मक नै रहनेछन् । साताको पहिलो दिनबाट हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । लागि शुभअङ्क ७, ९ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मकर 
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ महत्वपूर्ण अवसर गुम्न सक्छ । शुक्रवारबाट रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
स्वास्थ्य पनि सबल रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दिन–प्रतिदिन नजिकिँदो अवसर छोप्न तथा चुनौतीलाई परास्त गर्न थप समय दिनु श्रेयस्कर हुन्छ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सहकर्मीबाट विरोध आउन सक्छ । काम विगार्नेहरुको सक्रियता रहने देखिन्छ । साताको अन्त्यबाट राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । काम यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।