नेपाली महिला फुटबल टोली आज भारतसँग भिड्दै

नेपाली महिला फुटबल टोली आज भारतसँग भिड्दै


भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली भारतको सामना गर्दै छ । पहिलो खेलमा म्यानमारसँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिंगाका रंगशालामा नेपाली समयअनुसार आज साँझ ७ बजे शुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक–एक जित निकालेको भारत र म्यानमारको समान तीन–तीन अंक छ । नेपाल र इरानले अंक जोड्न सकेका छैनन् । राउन्ड रोबिनका आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्नेछन् ।