१५ हजार घुससहित बानेश्वर वितरण केन्द्रका सुपरभाइजर पक्राउ

१५ हजार घुससहित बानेश्वर वितरण केन्द्रका सुपरभाइजर पक्राउ


१५ हजार घुससहित एक कर्मचारी पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रमा कार्यरत ५ औं तह (सुपरभाइजर) का कर्मचारी महेन्द्र प्रधानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अपरान्ह सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो । प्रधानले एक होटलमा डिओडी मिटर जडान गर्न सेवाग्राहीसँग घुस मागेको खुल्न आएको क्षेत्रीय कार्यालय काठमाडौंले जनाएको छ ।

अख्तियारले पक्राउ परेका प्रधानविरुद्ध थप अनुसन्धान अघि बढाएको छ । अख्तियारले विशेष अदालतमा मुद्दा चलाउने हुँदा उनी प्राधिकरणको सेवाबाट स्वतः निलम्बनमा परेका छन् ।

प्राधिकरणले डिओडी मिटर जडानमा अतिरिक्त शुल्क तिर्नु नपर्ने बताउँदै आए पनि कर्मचारीले घुस माग्ने गरेको सेवाग्राहीको गुनासो छ । मिटर सहज हुँदासमेत कर्मचारीले कृतिम अभाव सृजना गरेर मिटर दिलाइदिने बहानामा सेवाग्राहीसँग घुस माग्ने गरेका छन् ।