लक्ष्य अनुरुपको आर्थिक वृद्धि हुन नसक्ने

लक्ष्य अनुरुपको आर्थिक वृद्धि हुन नसक्ने


राष्ट्रिय योजना आयोगले सरकारको मध्यावधि समीक्षा अगावै पहिलो त्रैमासको स्थिति अनुसार लक्ष्य अनुरुपको आर्थिक वृद्धि हुन नसक्ने उल्लेख गरेको छ । आयोगले अर्थमन्त्रालयलाई पठाएको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा लक्ष्यभन्दा १ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि कम भई ६ दशमलव ७ प्रतिशतमा सिमित हुने उल्लेख छ ।

पहिलो तीन महिनाको तथ्याङ्कको आधारमा गरिएको अनुमान भएकाले आगामी दिनमा सरकारले गर्ने खर्च, निजी क्षेत्रको लगानी, मौसम, तथा कृषि क्षेत्रबाट हुने उत्पादनले आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुग्ने सम्भावना पनि देखिन्छ । चालु आर्थिक वर्षमा धान, गहुँ लगायतका बाली राम्रो उत्पादन हुने सम्भावना भएकोले पनि आर्थिक वृद्धिदर बढन सक्ने अनुमान आयोगको छ ।

आयोगले चालु आर्थिक वर्षको वास्तविक अनुमान भने फागुनपछि मात्रै सार्वजनिक गर्ने छ । आयोगले अहिले सरकारी खर्च न्यून हुने, कृषि उत्पादन अनुमान मात्र गर्न सकिने र व्यापार तथा उद्योगमा कति लगानी पुग्छ आंकलन गर्न नसक्ने भएकोले आर्थिक वृद्धिको उचित प्रक्षेपण गर्न नसकिने उल्लेख गरेको छ ।