ब्राजिलका १० फुटबल खेलाडीको जलेर मृत्यु

ब्राजिलका १० फुटबल खेलाडीको जलेर मृत्यु


ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेंगो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएका खेलाडीमा १४ देखि १७ उमेर समूहका रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ ।

रियोको भर्गेम ग्रान्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयअनुसार बिहान ५ बजे आगलागी भएको थियो ।