तपाईंको यो साता (राशिफल, २३-२९ माघ २०७५)

तपाईंको यो साता (राशिफल, २३-२९ माघ २०७५)


  • ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । व्यावसायिक यात्राको सम्भावना छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । साताको अन्त्यमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अकस्मात धन सम्पत्ति हात पर्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट
राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । विद्वान गुरुजनको आर्शिवाद लिनु हितकर हुनेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग घ्यूरङ्ग वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
रचनात्मक काममा जुट्ने समय छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । साताको अन्त्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग आकासे वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या
गरिएको कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साताको अन्त्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । राज्यबाट मान सम्मान पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ५,७ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक
दबाब र तनाव बढेको महसुस हुनेछ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । गरेका काममा ढिलासुस्ती हुनेछ । साताको अन्त्यबाट महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु
सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सन्तान सुख मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ, सचेत रहनुहोला । साताको अन्त्यबाट सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ । आर्थिक नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।