सनी लियोनीको क्यालेण्डर-फोटो भाइरल

सनी लियोनीको क्यालेण्डर-फोटो भाइरल


बलिउडका चर्चित फोटोग्राफर डब्बु रत्नानीको सन् २०१९ को क्यालेन्डन प्रकाशित भएको छ । बलिउडका चर्चित अभिनेता र अभिनेत्रीहरूको तस्बिर समावेश गरेर प्रकाशित गरिएको उक्त क्यालेन्डर हालै एक समारोहबीच सार्वजनिक गरिएको छ ।

क्यालेन्डर सार्वजनिक गरिएसँगै क्यालेन्डरमा समावेश गरिएका बलिउड अभिनेता तथा अभिनेत्रीका तस्बिरको चर्चा चुलिएको छ । विभिन्न अन्दाजमा सुट गरिएका यी तस्बिरमा सबैभन्दा बढी चर्चा चर्चित अभिनेत्री सनी लियोनीको तस्बिरले पाएको छ । रातो ज्याकेट र कालो पेन्टी स्टाइलको हापपाइन्टमा अर्धनग्न रूपमा सुट गरिएको उक्त तस्बिर अहिले भाइरल भएको छ ।

फोटोग्राफर डब्बु रत्नानीको उक्त सन् २०१९ को क्यालेन्डरमा सनी लियोनीसँगै विद्या बालन, टाइगर श्राप, रेखा, ऐश्वर्या राय (बच्चन), आलिया भट्ट, जान्हवी कपुर, दीपिका पादुकोण, शाहरुख खान र सलमान खानका तस्बिर प्रकाशित गरिएको छ ।