अष्ट्रेलियामा रियल स्टेट ब्यवसायमा जम्दै नेपाली

अष्ट्रेलियामा रियल स्टेट ब्यवसायमा जम्दै नेपाली


  • राजन घिमिरे, सिड्नी

अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको विभिन्न पेशा वा ब्यवसायमा संलग्नता पछिल्लो समय बढेर गएको छ । यस क्रममा रियल स्टेट ब्यवसायमा पनि नेपालीहरूको उपस्थितिले व्यापकता पाउन लागेको देखिँदै छ भने दिनेश पोखरेल र अशोक थपलिया निर्देशक रहेको ल्यान्ड एन्ड लिजले आइतबार सिड्नीको लाकेम्बामा नयाँ स्वरुपमा आफुलाई अगाडि सारेको छ ।

सामाजिक अभियन्ता एवं नेपाली चलचित्रका निर्माता दिनेश पोखरेलले प्रवासमा रहेर पनि नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिइरहेका छन् । विगत दुइ वर्ष अगाडिदेखि सञ्चालनमा आएको ल्यान्ड एन्ड लिजले यसबचिमा करिब तीन सय पचास घरहरूको ब्यवस्थापन गर्नुका साथै घरजग्गा बेच बिखनमा सफलता पाएको बताइएको छ ।

घर ब्यवस्थापनमा अश्वीन पोखरेल र सेल्स मेनेजरहरूमा ज्योतिन्द्र कडरिया, निर्मल संग्रौला, अच्युत थपलिया र शुरेस रेग्मी ल्यान्ड एन्ड लिजमा कार्यरत रहेका छन् ।

ल्यान्ड एन्ड लिजको कार्यालय उदघाटन अवसरमा न्यु साउथवेल्सका माहाबाणिज्यदूत दीपक खड्काले अस्ट्रेलियामा नेपाली समाज बाक्लिँदै जाँदा सबैखाले ब्यापार ब्यवसाय पनि बढेकोमा खुसी ब्यक्त गरे । खड्काले कार्यालयको उदघाटन गर्दै भने– ‘सबैखाले ब्यवसायमा नेपालीको सहभागिता भएका कारण पनि हामीलाई धेरै कुरामा सहज भएको छ ।’

कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले सानो समयमा तीव प्रतिस्पर्धा बीच मनग्य सफलता हात पारेको ल्यान्ड एन्ड लिजलाई बधाई दिए ।

‘नयाँ र नौलो ब्यवसायमा नेपालीको सहभागिताले अस्ट्रेलियाको प्रतिस्पर्धी बजारमा नेपालीहरू पनि सक्षम छन् भन्ने विषय प्रमाणित गरेको छ, जुन हाम्रो लागि महत्वपुर्ण विषय हो,’ अधिकारीले बताए । संयोजक अधिकारीले विदेशमा बसेर सबैखाले ब्यवसायमा देखिनु हाम्रो समाजको सौन्दर्य भएको जिकीर पनि गरे ।

अर्का वक्ता आइसीसी सदस्य दिनेश जोशीले पुराना दिन सम्झदै प्रारम्भका दिनमा सम्भावनाका कैयन पाटा थाहा नपाएका कारण थुप्रै अवसर गुमाउनुपरेको कुरा बताए । कार्यक्रममा मोर्गेज ब्यवसायका युवाहस्ती किरण थापा र नेकपाका अस्ट्रेलिया प्रतिनिधि रमेश पाण्डेले छोटो समयमा विश्वास जित्न सफल ल्यान्ड एन्ड लिजको सफलताको कामना गरेका थिए ।

उदघाटन अवसरमा कवि केदार पोखरेल, सुदुरपश्चिम समाजका अध्यक्ष दिपक जोशी, झापाली समाजका उपाध्यक्ष उमेश पोखरेल लगायतले ल्यान्ड एन्ड लिजको सफलताको कामना गरेका थिए । कार्यक्रममा स्थानिय क्यान्टबरी काउन्सिलका काउन्सिलर मोहम्मद जमान र क्याम्बेलटाउन काउन्सिलका काउन्सिलर मसुद चौधरीको समेत उपस्थिति रहेको थियो ।