वरिष्ठ कलाकार राणाको निधन

वरिष्ठ कलाकार राणाको निधन


अन्याय, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दक्षिणा, कोसेली, सेतो बाघ, हवल्दार सुन्तली, साथी म तिम्रो, आई एम सरी लगायत सयभन्दा बढि चलचित्र र चर्चित टेलिफिल्महरुमा समेत अभिनय गरेका वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । ७८ वर्षीय राणा केही समयदेखि बिमार थिए भने उपचारको क्रममा उनको मुटुमा समेत समस्या देखिएको थियो ।

बौद्धिक, शालिन र मृदुभाषी अभिनेता राणा अंग्रेजीमा विशेष दख्खल राख्ने कलाकार हुनुका साथै कुनैबेला शिक्षण पेशामा समेत संलग्न रहेका थिए । श्री ३ प्रधानमन्त्री पद्मसमशेरका नाती दिवंगत बीएसलाई अन्तर्राष्ट्रिय स्तरको सिने कलाकारका रुपमा लिइन्थ्यो ।

केही वर्षअघि छोरा गुमाएका स्वर्गीय राणाका श्रीमती र तीन छोरी छन् ।