अष्ट्रेलियाका निर्माताले ल्याए ‘कागज पत्र’

अष्ट्रेलियाका निर्माताले ल्याए ‘कागज पत्र’


  • राजन घिमिरे, सिड्नी

पछिल्लो समय प्रवासबाट नेपाली सिनेमामा लगानी गर्ने क्रम बढ्न थालेको छ । प्रवासको कमाई नेपाली सिनेमामा लगाएर एकातिर मूलुकको चलचित्र क्षेत्रप्रति योगदान दिइरहेका छन् भने अर्कोतर्फ सिनेमाप्रतिको आफ्नो लगावलाई पनि प्रवासी नेपालीले मर्न दिएका छैनन् ।

यसैबीच अष्ट्रेलियाको सिड्नीमा रहेका उत्साही यूबाहरूको सहभागितामा निर्माण भएको चलचित्र कागज–पत्र यतिबेला चर्चामा छ । यसको गीत बजारमा आएपछि चलचित्र ‘कागज पत्र’प्रति दर्शकहरूको चासो बढ्न थालेको हो । ‘प्रवासबाट फरक र नौलो स्वाद दिने चलचित्रमा लगानी गर्ने उद्देश्यले हामीले यो चलचित्र बनाएका हौँ’, सिड्नीमा भेटिएका चलचित्रका निर्माता खिलेन्द्र तिमिल्सिनाले बताए ।

खिलेन्द्रसँगै सिड्नीमै रहेका यस चलचित्रका निर्माता प्रजापति शिवाकोटी र मुकेश रेग्मी पनि चलचित्र ‘कागज पत्र’ले नेपाली चलचित्र बजारमा नयाँ आयाम ल्याउने कुरा बताउँछन् ।

अपिल बिष्टले यो चलचित्रको निर्देशन गरेका हुन् भने नाजिर हुसैन, शिल्पा मास्के, भोला सापकोटा र सरिता गिरी आदि कलाकारहरूको अभिनय रहेको ‘कागज पत्र’ नेपालमा चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई ईपी एजुकेशनले प्रस्तुत गरेको हो ।

चलचित्रले विशुद्ध रूपमा नेपाली परिवेश र कथा बोकेको कुरा बताइएको छ भने युवा–यूवतीहरूको मर्म तथा ब्यथालाई चलचित्रले उजागर गरेको बताइएको छ ।

हेर्नुहोस् चलचित्रको गीत-