तपाईंको यो साता (राशिफल, १६–२२ माघ, २०७५)

तपाईंको यो साता (राशिफल, १६–२२ माघ, २०७५)


मेष
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । साताको अन्त्यमा नियमित खर्चसमेत बढ्नेछ । सरकारी निकाएको भय रहला ।यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सिन्दुरे वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मिथुन
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कर्मचारीवर्गका निम्ति अन्य नयाँ अवसर जुट्ने सम्भावना छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । साताको पूर्वार्धबाट रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ काम वा रोजगार पाईनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

सिंह
मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योगछ । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वोलीको भरमा कार्य सम्पादन हुनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग आकासे गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कन्या
रमणीय र सुखद यात्राको योग छ । शुभकार्यको चर्चा चल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

तुला
अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । राज्यबाट मान सम्मान पाइनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्ने छन् । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

धनु
दबाब र तनाव बढेको महसुस हुने र केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । शनिवारबाट वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । पढाइमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधनागरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

कुम्भ
यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कर्म क्षेत्र बलवान रहेकाले कार्यमा प्रगति हुनेछ । सोचेका काम पूरा हुनेछन् । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । धनको क्षेत्रपनि सबल नै रहनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरे सफलता मिल्नेछ ।

मीन
तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । साताको अन्त्यमा कार्य व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । सम्पादनमा समस्या आउला । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।