नेपाल महिला संघको संयोजनमा राजधानीमा विरोध प्रदर्शन (तस्बिरमा)

नेपाल महिला संघको संयोजनमा राजधानीमा विरोध प्रदर्शन (तस्बिरमा)


केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार अधिनायकवादी शैलीमा चलेको आरोप नेपाली कांग्रेसले आधिकारिक तवरमै लगाएको छ । चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा जुन ढंगबाट पारित गरियो, त्यस घटनापछि कांग्रेसले आफूलाई साँचो अर्थमा प्रतिपक्षी दलको रुपमा उतार्ने छाँटकाँट देखाएको महसुस हुँदैछ । सदन र सडक सबैतिर आन्दोलनको लहर पैदा गर्ने उदघोष कांग्रेस सभापतिले गरेका छन् ।

यसै सिलसिलामा आज (आइतबार) नेपाली कांग्रेस भ्रातृ संगठनहरुले राजधानीमा संयुक्त रुपमा विरोध प्रर्दशन गरेका छन् । नेपाल महिला संघको संयोजनमा कांग्रेसका भ्रातृसंगठनहरुले संयुक्त प्रर्दशन गरेका हुन् ।

कम्युनिस्ट सरकारले अधिनायकवादी तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेपछि बाध्य भएर गरिएको भनिएको सडक आन्दोलन तथा संयुक्त विरोध प्रदर्शन माइतीघर मण्डलादेखि बानेश्वरसम्म गरिएको थियो । शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग समेत गरेको देखियो । हेरौँ विरोध प्रदर्शनका केही दृश्य तस्बिरमा ।

(तस्बिर : प्रवीण श्रेष्ठ, घटना र विचार)