धुँवा धुलोले तरकारी बेकाम तुल्याएपछि…

धुँवा धुलोले तरकारी बेकाम तुल्याएपछि…


काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानहरुले सोमबार (७ माघ ०७५) काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित अरनिको र बीपी राजमार्ग दोबाटोमा सडकमा काउली फालेर विरोध गर्दै । सो क्षेत्रमा ईटा भट्टाका कारण धुँवा धुलोले उत्पादन गरेको काउलीलगायत अन्य तरकारीहरु उत्पादन नहुने र भएको पनि कालो भएर बिग्रेपछि बजारमा बिक्री नभई फिर्ता आएको भन्दै स्थानीय सरकार र राज्यले आफूहरुले विगतदेखि उठाउँदै आएका समस्यालाई सम्बोधन गर्नुपर्ने माग गर्दै विरोधस्वरुप उनीहरुले तरकारी सडकमा फालेका हुन् । तस्वीर : पेमा लामा रासस