रहेनन् कलाकार मुनाल

रहेनन् कलाकार मुनाल


कलाकार गणेश न्यौपाने ‘मुनाल’को सोमबार निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए ।

मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तीतो सत्य’लगायतका टेलिशृंखलामा अभिनय गरेका थिए । मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ ।

उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने शर्माले जानकारी दिए । मुनाल काठमाडौंको महांकालका स्थायी बासिन्दा हुन् ।