आजको पञ्चाङ्ग एवम् राशिफल (७ माघ २०७५ सोमबार, २१ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ माघ २०७५ सोमबार, २१ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ माघ ७ गते सोमबार तद्अनुसार सन् २०१९जनवरी २१ तारिख पौष शुक्लपक्ष पूर्णिमा तिथि ११ः३० पर माघ कृष्णपक्ष प्रतिपदा तिथि पुष्य नक्षत्र विष्कुम्भ योग ११ः५२ पर प्रीति योग बालब करण आनन्दादिमा धाता योग चन्द्रमा कर्कट राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः३४ मा हुनेछ । शुभ योग अभिजित– ११ः३४ देखि १२ः३७ । अशुभ योग राहु काल– ८ः१५ देखि ९ः३५ दिशा शूल– पूर्व । माघस्नानारम्भ, मिलापुन्ही, आर्यादिवस, स्वस्थानीव्रतारम्भ, चाँगुनारायणह्वगु, भक्तपुरे हनुमत्तीर्थे त्रिवेणीमेला ।

आजको राशिफल :

मेष राशि – दिन मिश्रित फलदायक रहला । भागदौड चलिरहन्छ तर समस्याको समाधान मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ला । अरुको भरमा बस्नु र विवाद आदिमा पर्नु उचित हुने छैन । स्वास्थ्यमा ध्यान राख्नुपर्ने छ र व्यर्थको खर्चप्रति पनि सचेत रहनुपर्नेछ । महत्वपूर्ण कार्यमा ध्यान दिनुपर्नेछ । तर, विस्तारै प्रगति पनि हुनेछ ।

बृष राशि – विकासको बाटो खुल्नेछ । नयाँ जोश जँंगर बढेर आउनेछ । आँट उत्साह बढ्नेछ । यात्रा हुनेछ । कुनै प्रकारको रिस्की कार्यमा नपर्नु उचित होला । मानवीय भावलाई ध्यानमा राखेर काम गर्नु उचित हुनेछ । चिट्ठा आदि लाग्न सक्छ । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तति सुख बढ्नेछ । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन राशि – धन यश मान सुख समृद्धि बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । हासविलासमा आकर्षण बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । गौरव वृद्धि होला ।

कर्कट राशि – दिन शुभ र भाग्यवर्द्धक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । आनन्द बढेर आउनेछ । मनोकूलको काम बन्नेछ । विजयश्री मिल्ला । धन यश मान बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

सिंह राशि – खर्च बढ्नेछ । भागदौड भैरहला । आमोदप्रमोदमा रमीरहनु हुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेममा सफलता मिल्ला ।सन्तति सुख बढ्नेछ । लापर्वाही नगरी सोचविचार गरी योजना र बजेट बनाएर काम गर्नु राम्रो रहनेछ । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या राशि – समय लाभदायक र उन्नति कारक रहनेछ । सुख आनन्द बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विवाद आदिमा नपर्नु उचित हुनेछ । केही बढी प्रयास र परिश्रम गर्नुपर्ला तर लागिरहेमा अवश्यमेव सफल हुनुहुनेछ ।

तुला राशि – कर्मयोगी रहनुहुनेछ । मान महत्व बढ्नेछ । कार्य क्षेत्रमा उन्नती पदोन्नती हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । दायित्वलाई पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्त होला । सरकारी पक्षसित सम्बन्धित काम बन्नेछ । हाकिमको साथ मिल्नेछ ।

वृश्चिक राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । खोज अनुसन्धान तन्त्रमन्त्रमा आकर्षण बढ्ला । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । धर्मकर्ममा प्रवृत्ति बढ्नेछ ।

धनु राशि – संंयम र विवेकले काम गर्नुपर्ला । जोखिमदेखि सावधान रहनुपर्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मनोकूलको काम बन्नेछ । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । ऐनकानूनलाई तोड्नु र लापर्वाही गर्नु उचित हुनेछैन ।

मकर राशि – धनको खर्च बढ्नेछ तर आर्थिक कार्यमा सफलता पनि मिल्नेछ । साझेदारीको काम बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । खेलकूदमा सफलता मिल्नेछ । रसराग भोगविलासमा रुचि बढ्ला । लगानी बढ्नेछ । घुमफिर गर्नु हुनेछ ।

कुम्भ राशि – आरोग्यता बढ्ला । धन सम्पत्ति बढ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । उधारो उठ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख आनन्दक बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । गीत–संगीतमा रुचि बढ्नेछ । सन्तान सुख बढ्ला । मितमिलन हुनेछ । उच्चधिकारीको साथ भेटिएला । राजकीय कार्य बन्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।