बाल यौनाचारमा संलग्न बेलायती नागरिक प्रहरी नियन्त्रणमा

बाल यौनाचारमा संलग्न बेलायती नागरिक प्रहरी नियन्त्रणमा


नेपाली बालकहरूलाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार गरी पीडित तुल्याउने एक विदेशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललाईफकाई बालकहरूमाथि यौन दूराचार गर्ने–गराउने बेलायती नागरिक इयान रोबर्ट कोल प्रहरी फन्दामा परेका हुन् ।

विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालबालिकामाथि प्रलोभनमा पारेर यौन दुर्व्यवहार गर्दैआएको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा शनिबार (माघ ५) विहानै कोलले भाडामा लिएको स्थान रविभवन स्थित एक अपार्टमेन्टको चौथौ तल्लामा प्रहरीले एकाविहानै खानतलासी गरेको थियो ।

सो क्रममा ती बेलायतीसँग तीनजना नेपाली पीडित बालकहरू समेत भेटिएका थिए । उनीहरूलाई सोही कोठाबाट तत्काल उद्दार गरिएको र इयानलगायत सो कार्यमा सहयोग गर्ने अन्य दुई नेपालीलाई समेत बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्धाअन्तर्गत अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।