आठ अंकभन्दा बढीले घट्यो नेप्से

आठ अंकभन्दा बढीले घट्यो नेप्से


धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आठ दशमलव ६० बिन्दुले घटेर एक हजार १७९ दशमलव १७ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६३ बिन्दुले घटेर २४९ दशमलव ३८ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर रु. ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका कुल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् । व्यापार दुई दशमलव ८७, होटेल पाँच दशमलव ५४ र वित्त एक दशमलव ६१ बिन्दुले बढेको छ ।

यस्तै, बैंकिङ पाँच दशमलव शून्य छ, विकास बैंक ११ दशमलव १७, जलविद्युत् ३६ दशमलव ५९, निर्जीवन बिमा ३७ दशमलव ६७, उत्पादन पाँच दशमलव शून्य आठ, अन्य आठ दशमलव ३६, लघुवित्त १० दशमलव ५९ र जीवन बिमा ३७ दशमलव ३४ बिन्दुले घटेका छन् ।

स्टकका अनुसार नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, श्रीराम सुगर मिल, छ्याङ्दी हाइड्रोपावर, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै नागरिक लगानी कोष, माथिल्लो तामाकोसी जलविद्युत कम्पनी, गरिमा विकास लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् ।