उपचारको क्रममा कैदीको मृत्यु

उपचारको क्रममा कैदीको मृत्यु


जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आइतबार बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौंस्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो । एघार वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई ०७३ चैत १२ गते जेल चलान गरिएको थियो ।