तेलको पाइपलाइनमा आगलागी, ७१ जनाको मृत्यु

तेलको पाइपलाइनमा आगलागी, ७१ जनाको मृत्यु


शुक्रबार साँझ मेक्सिकोको हिडाल्गो प्रान्तमा भएको तेल पाइपलाइनमा भएको आगलागी र विस्फोटमा ७१ जनाको मृत्यु भएको छ । उक्त घटनामा दर्जनौं व्यक्ति घाइते भएका बीबीसीले जनाएको छ ।

तेल चोर्ने समूहले बीच बाटोमा पाइप फुटाएर पेट्रोलियम पदार्थ चोर्दा भएको आगलागीले सो घटना भएको बताइएको छ । सञ्चार माध्यमहरुमा आगलागीमा परेका व्यक्तीहरु भाग्दै गरेको दृश्य देखाइएको थियो ।

मेक्सिकोमा बारम्बार पाइपबाट तेल चोर्ने गतिविधि हुँदा यस्ता दुर्घटना दोहोरिने गरेका छन् ।