साताभर १ अर्ब ८५ करोडको सेयर कारोबार

साताभर १ अर्ब ८५ करोडको सेयर कारोबार


यस साता धितोपत्र बजारमा विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता सेयर १ अर्ब ८५ करोड ६७ लाख ९७ हजार रुपैयाँमा कारोबार भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिेडका अनुसार साताभर कारोवार मापक नेप्से परिसूचक १२.७२ बिन्दुले बढेर १ हजार १८७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन १ हजार १७५ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर १ एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको हो ।

साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ बिन्दुले घटेर एक हजार १७५ बिन्दुमा कायम रह्यो । उक्त दिन कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता सेयर ३७ करोड २९ लाख १५ हजार रुपैयाँमा खरीद बिक्री भए । यस्तै गत सोमबार कारोवार मापक नेप्से परिसूचक ११.७४ बिन्दुले बढेर एक हजार १८६ दशमलव ८० बिन्दुमा पुग्यो । उक्त दिन कुल १५८ कम्पनीको ८ लाख ५ हजार ६०१ कित्ता सेयर २६ करोड ८१ लाख २४ हजार ६४४ रुपैयाँ खरीद बिक्री भएका छन् ।

साताको तेस्रो दिन सेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भयो । कारोवार मापन गर्ने नेप्से परिसूचक १७.५१ बिन्दुले बढेर १ हजार १९५ दशमलव ५४ बिन्दुमा पुग्दा कुल १५८ कम्पनीको ८ लाख ३५ हजार २३९ कित्ता सेयर ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भएका थिए ।

यस्तै, बुधबार नेप्से परिसूचक ७.५७ बिन्दुले घटेर १ हजार १८७ दशमलव ९७ बिन्दुमा झर्यो । कुल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता सेयर ५३ करोड छ लाख ५१ हजार ४३५ रुपैयाँमा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव दुई बिन्दुले घटेर एक हजार १८७. ७७ बिन्दुमा सीमित भयो । कुल १६४ कम्पनीको ८ लाख ३५ हजार ८२६ कित्ता सेयर २८ करोड ७७ लाख ५० हजार ३२१ रुपैयाँमा कारोबार भएको थियो ।