सप्ताहब्यापी स्पोर्टस मिट्स सम्पन्न

सप्ताहब्यापी स्पोर्टस मिट्स सम्पन्न


सप्तरी सदरमुकाम राजविराजस्थित लिटिल फ्लावर सेकेन्ड्री स्कूल राजविराजदरा सञ्चालित यशोदा स्मृति भलिवल रनिङ्ग च्याम्पियनशिप तथा सप्ताहब्यापी स्पोर्टस मिट्स सम्पन्न भएको छ ।

शैक्षिक गतिविधिसँगै खेलकुदको माध्यमबाट विद्यार्थीमा रहेको प्रतिभालाई उजागर गर्न सञ्चालन गरिएको साताव्यापी खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार भलिवल, टेबुलटेनिस, एथलेटिक्सका विभिन्न विधाको फाइनल प्रतिस्पर्धा र अभिभावकबीच म्युजिकल चेयर खेल गराउँदै साताव्यापी प्रतियोगिता समापन भएको सहप्राचार्य रामकुमार साहले जानकारी दिए ।

सात दिन चलेको प्रतियोगितामा एथलेटिक्सअन्तर्गत दौड, सटफुट, ज्याभलिङ थ्रो, हाइजम्प, लङ्गजम्प, स्लो साइक्लिङ्ग, म्युजिकल चेयर खेलको प्रतिस्पर्धा गराइएको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

उक्त अवसरमा विद्यालयको विकासमा महत्वपूर्ण योगदान पुऱ्याएवापत पूर्वप्राचार्य नन्दलाल आचार्य, अभिभावकहरु बैद्यनाथ यादव र अहिल्यादेवी देवलाई प्रशसापत्र र दोसल्लाले सम्मान गरियो । वि.स. २०४८ सालमा स्थापित सो विद्यालयका संस्थापक निर्देशक एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.कमानन्द देवले आमा यसोधादेवीको स्मृतिमा २०६५ सालमा ट्रफीको स्थापना गरी प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।

संस्थापक प्रिन्सिपल डा. देवको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला शिक्षा इकाई प्रमुख शंकरराज लुइटेल, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष शिवहरी भट्टराई, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, डिएसपी भावेश रिमाल, पत्रकार चन्दन यादवल लगायतले शुभकामना व्यक्त गरे ।