नेपाली सांसदलाई भारतमा सम्मान गरिने

नेपाली सांसदलाई भारतमा सम्मान गरिने


भारतको वराणसीमा यही जनवरी २१ देखि २३ तारिखसम्म हुन गइरहेको १५औँ प्रवासी दिवसको दिन नेपालको संघीयय संसदका सदस्य चन्दा चौधरीलार्ई ‘She the Change- Nari Udyami Awards 2019’ बाट सम्मानित गरिन लागिएको बुझिएको छ । सांसद चौधरी राष्ट्रिय जनता पार्टी नेपाल को तर्फबाट संघीय सांसद एवम् नेपाल भारत महिलामैत्री समाजको संस्थापक अध्यक्ष पनि हुन् । तीन दिवसीय उक्त कार्यक्रम मा विश्वभरीबाट हजारौको संख्यामा महिलाहरुको सहभागिता हुने भएको छ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, युनियन मिनिस्टर अफ टेक्सटाइल श्रीमती स्मृति जुबिन इरानीलगायत उच्च तहका नेता एवं ब्यक्तिहरुले कार्यक्रमको उद्घाटन गर्नेछन् ।

यसैगरी सम्मान कार्यक्रमको सहजिकरण बि एण्ड एस फाउण्डेशनले गर्नेछ भने यो सम्मान गान्धी स्मृति, दर्शन समिति र संस्कृति मन्त्रालयको तर्फबाट सामुहिक रुपमा प्रदान गर्नेछ ।

त्यसैगरि आ–आफ्नो क्षेत्रमा दखलता हासिल गरेका विद्वतवर्गहरुको समेत सहभागतिा हुने बताइएको छ । समारोहमा विभिन्न विषयहरु जस्तै, वर्तमान समयमा गान्धीको सान्दर्भिकता, कुम्भ स्नानको सान्दर्भिकता, शिक्षा एवं सिपको आवश्यकता जस्ता विषयहरुमा छलफल समेत गरिने छ ।

नेपाल भारत महिला मैत्री समाजको तर्फबाट सांसद चौधरीले ग्रामीण क्षेत्रका महिलाहरुमा जनचेतना जगाउने, सिमांतकृत महिलाहरुलाई मुलधारमा ल्याउनको लागि क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु निरन्तर गर्दै आइरहेकी छिन् । सांसद चौधरीको पहलकदमीमा महिला मैत्री समाजबाट महोत्तरी, सर्लाही, भक्तपुर र चितवनमा सयभन्दा बढी महिलाहरुलाई सिलाईकटाई सम्बन्धी तालिम दिइएको छ भने तालिम पाउने ती सबै महिला लाभान्वित भएका छन् । त्यसैगरी सयौँ महिलाहरु ‘ब्यूटीसियन’सम्बन्धी तालिम प्राप्त गर्न सफल भएका छन् ।

सांसद चौधरीका अनुसार देशको हरेक जिल्लामा सिमांतकृत महिलाहरुलाई स्वाबलम्बी बनाउनको निमित्त यस्ता सिपमुलक तालिमहरुको आयोजना गर्ने लक्ष्य सांसद चौधरीको रहेको छ । त्यसैगरि प्राकृतिक प्रकोपको बेला समेत समस्यामा परेका जनताहरुलई चैधरीले राहत वितरण गरी सहयोग गर्ने गरेकी छिन् ।

नेपालका विपन्न महिलाहरुको समग्र रुपमा उत्थान गर्नु र तिनीहरुलाई आत्मनिर्भर बनाउनु सांसद एवं समाजसेवी चौधरीको परम लक्ष्य रहेको छ । त्यसैगरी नेपाल भारत महिला मैत्री समाज नेपाल र भारतको ऐतिहासिक सम्बन्धमा प्रगाढता बढाउनको निमित्त विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।