त्रिकोणीय शृंखलाको उपाधि भारतलाई

त्रिकोणीय शृंखलाको उपाधि भारतलाई


भारत र अस्ट्रेलियाबीच भएको तेस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा भारतले विजय हासिल गरेको छ । यो विजयसँगै तीन एकदिवसीय शृंखला भारतले २–१ ले जितेको छ ।

मेलबर्नमा भएको फाइनल अनि अन्तिम एकदिवसीय क्रिकेटमा भारतले पहिले टस जितेर अस्टे«लियालाई ब्याटिङको निम्तो दिएको थियो । यसरी पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा २ सय ३० बनाउँदै भारतलाई जितको लागि २ सय ३१ रनको लक्ष्य दिएको थियो ।

२ सय ३१ रनको चुनौती पाएको भारतले ४९.२ ओभरमा उक्त लक्ष्य पार गरेको थियो । भारतको लागि पूर्वकप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ८४ रन बनाएका थिए । आजको खेलमा ६ विकेट लिएका चेहल ‘म्यान अफ दी म्याच’ र धोनी म्यान अफ दी सिरिज घोषित भए ।