अर्किड कप जुनियर फुटबल माघको अन्तिम साता

अर्किड कप जुनियर फुटबल माघको अन्तिम साता


अर्किड स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता माघ २९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् ।

सेभेन ए साइडको साताव्यापी नकआउट प्रतियोगिताका खेलहरू काँडाघारीस्थित आयोजक अर्किडकै मैदानमा हुनेछ । नेक्सस डिफेन्डिङ च्याम्पियन हो ।