जघन्य ‘विजौरी बलात्कार घटना’का अपराधी प्रहरी नियन्त्रणमा

जघन्य ‘विजौरी बलात्कार घटना’का अपराधी प्रहरी नियन्त्रणमा


आजभन्दा करिव दश वर्षअघिको घटना हो । ०६५ चैत १५ का दिन दाङस्थित महेन्द्र बुहमुखी क्याम्पसमा अध्ययन गर्दैरहेकी १७ वर्षीया कल्पना खनालको सामुहिक बलात्कार गरियो । आठ जनाबाट सामुहिक बलात्कारको शिकार बनेकी कल्पना त्यसपछि विछिप्त बनिन् र पूर्ववत अवस्थामा फर्किंदै नर्फी घटनाको ८४औँ दिनमा उनको दुःखद् ढङ्गबाट प्राणान्त भयो ।

त्यतिबेला उनी महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा ‘प्लस टु’मा अध्ययनरत थिइन् भने तुल्सीपुर आफन्तकोमा गएकी उनी नेपाल बन्दका कारण पैदल घोराहीतर्फ जाँदै थिइन् । सोही क्रममा हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ वेलझुण्डीस्थित संस्कृत विश्वविद्यालय चोकको प्रतीक्षालयनजिकबाट अपराधीहरूले उनलाई नियन्त्रणमा लिई नजिकै रहेको एक टिनको घुम्तीमा लगि नसालु पदार्थ खुवाए । त्यसपछि चल्यो कल्पनामाथि रातभर सामुहिक बलात्कारको सिलसिला । घटना अत्यन्त जघन्य थियो, तर अपराधीहरूको पहिचान भएर पनि उम्कन सफल भएका थिए ।

सो अपराधको मूख्य अभियुक्त थियो साविकको बिजौरी गाविस र हाल तुलसीपुर उमनपा–१८ बस्ने विष्णु चौधरी । उक्त मामलामा सर्वोच्च अदालतबाट ०७२ फागुन ३० गते फैसला भई ९ वर्ष ११ महिना २ दिन कैद सजाय र पचास हजार जरिवाना तोकिएको थियो मूख्य अभियुक्त चौधरीमाथि । तर, अपराधी चौधरीसहित अर्का एक फरार भइदिए भने पाँच जनालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नसालु पदार्थको बेहोसीमै रातभर सामुहिक बलात्कारको पीडा झेलेकी किशोरीको मृत्युले दाङ मात्र नभई देश नै स्तब्ध बनेको थियो । यसरी फरार हुन पुगेको मूख्य अभियुक्तलाई १० वर्षपछि प्रहरीले नियन्त्रणमा दिन सफल भएको छ ।

जिप्रका दाङको विशेष संयन्त्र परिचालनपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित एक घरमा लुकि बसेको अवस्थामा चौधरी पक्राउ परेका प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको अपराधी चौधरीलाई जिल्ला अदालत घोराही दाङमार्फत् कारागार उपस्थित गराइएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरेको तर अझै फरार एकजना मोहन पुनको खोजी तीव्र पारिएको छ । यतिबेला पक्राउ परेका चौधरीमाथि चाहिँसंस्कृत विश्व विद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्व विद्यालयको सम्पत्ति तोडफोड गरी चोरी गरेको घटनामा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।