ग्लोबल आइएमई र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सम्झौता

ग्लोबल आइएमई र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सम्झौता


ग्लोबल आइएमई बैंक लि. र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि. बीच एक विशेष सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बताइएअनुसार ग्लोबल आइएमई बैंकले एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि.सँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरिएको हो ।

एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि. का सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माद्वारा हस्ताक्षर गरिएको सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याइरहेको उल्लेख छ ।

यस्तै, उक्त सम्झौतापश्चात एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि., विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।