सुडानद्वारा सार्वजनिक क्षेत्रको तलब वृद्धि घोषणा

सुडानद्वारा सार्वजनिक क्षेत्रको तलब वृद्धि घोषणा


सुडानको मन्त्रिपरिषदले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरूको तलब बिहीबार वृद्धि गरिदिएको छ । सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झन्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो ।

यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बसिरले कर्मचारीहरूको तलब वृद्धि गर्ने प्रतिबद्धता गरेका थिए । दैनिकी धान्नका लागि यही जनवरीदेखि नै तलब वृद्धि गर्नैपर्ने अवस्था रहेको उनले स्वीकार गरेका थिए ।

गत जनवरी १९ देखि सुडानका विभिन्न ठाउँमा सरकारविरुद्ध आन्दोलन भइरहेका बेला सरकारले तलब वृद्धि गर्ने निर्णय गरेको हो । पाउरोटीको मूल्य बढेपछि राजधानी खार्तुमसहित मुख्य सहरहरूमा लगातार भइरहेका आन्दोलनका क्रममा भएको झडपमा परी अहिलेसम्म कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

आन्दोलनका कारण हजारौँ घाइते भएका छन् भने जनजीवन प्रभावित भएको छ ।