नौ न्यायाधीशको सरुवा

नौ न्यायाधीशको सरुवा


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई बिहीबार काज सरुवा गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषद्मा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो ।

यसअघि, उचित न्यायसम्पादन गरेको नदेखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमङ्गल आत्रेयलाई न्यायपरिषद् सचिवलायमा तानिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नोे कार्यभार सम्हालेलगत्तै न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए । सोही अनुगमनका क्रममा सही कार्यसम्पादन नगरेको पाएपछि नौ उच्च अदालतका न्यायाधीशलाई सरुवा गरिएको हो ।