कंग्रेस र राजपा परित्याग गरी फोरममा प्रवेश

कंग्रेस र राजपा परित्याग गरी फोरममा प्रवेश


सप्तरीको वलान—विहुल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी सयौँ नेताकार्यकर्ता संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका छन् ।

वलान—विहुल गाउँपालिका ५ स्थित राम नगरमा आयोजित एक कार्यक्रमका बीच राजपा, नेकपा र कंग्रेस परित्याग गर्दै सयौँको सङ्यामा फोरम नेपालमा प्रवेश गरेका हुन् ।

संघीय समाजवादी फोरम नेपाल वलान—विहुल गाउँपालिकाका संयोजक संजीव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका सक्रिय सदस्य शिवजी गुप्ता, नेपाली कंग्रेसका संजय गुप्ता, चन्द्र नारायण यादव, नेका निकट शिक्षक संघका विजुली रहमान, नेकपाका प्रमोद मण्डल, रामविलास दासको नेतृत्वमा सयौ नेता कार्यकर्ता फोरममा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई संघीय समाजवादी फोरम नेपालका राजनैतिक समिति सदस्य एवम प्रदेश नम्वर २ का भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश नम्वर २ का प्रदेश सांसद अभिषेक यादव, फोरम नेपालका जिल्ला सदस्य तथा वलान—विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गाईतले फूलमाला, अविर लगाएर र सदस्यता प्रदान गरी प्रवेश गराएका छन् ।