चिनियाँ राजदूत र प्रधानसेनापतिबीच भेटवार्ता

चिनियाँ राजदूत र प्रधानसेनापतिबीच भेटवार्ता


चिनियाँ राजदूत होउ याङ्कीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नुभएको छ । नेपालको लागि चिनियाँ राजदूतको रूपमा हालै नेपाल आउनुभएकी होउले नेपाली सेनाको मुख्यालय (जंगी अड्डा)मा प्रधानसेनापतिसँग भेटवार्ता गर्नुभएको हो ।

वार्ताका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

ज्ञातव्य छ, प्रधानसेनापति ६ दिवसीय भारत भ्रमणबाट फर्किनुभएको भोलिपल्टै चिनियाँ राजदूतले भेटवार्ता गर्नुभएको हो ।