सदस्यसचिव विष्टद्वारा ब्याडमिन्टन हलको उद्घाटन

सदस्यसचिव विष्टद्वारा ब्याडमिन्टन हलको उद्घाटन


सुन्दरहरैँचा– ८ सलकपुरमा १० कट्ठा जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका छन् । करिब २ करोड ५० लाखको लागतमा बनाइएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ ।

कभर्डहलको उद्घाटन गदै सदस्यसचिव विष्टले सरकारको एक निर्वाचन क्षेत्रका एक खेलग्राम निर्माण गर्ने नीति रहेको भन्दै हल निर्माण मात्र ठूलो कुरा नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेमा मात्र त्यसको सार्थकता रहने बताए । उनले यस्ता उदाहरणीय कार्यलाई राष्ट्रिय खेलकुद परिषदले सदा सहयोग गर्ने बताए ।