नेपाल-भारत व्यापार प्रवर्द्धन गर्न द्विपक्षीय समझदारी

नेपाल-भारत व्यापार प्रवर्द्धन गर्न द्विपक्षीय समझदारी


नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच नेपाल–भारतबीच व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हितमा हुने गरी प्रवर्दन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदानप्रदानका विषय समझदारीपत्रमा समेटिएका छन् ।

‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन द्विपक्षीय व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, अन्तर्राष्ट्रिय सेमिनारको आयोजनालगायत विषमा समेत सझदारी भएको चेम्बरले जनाएको छ । चेम्बरले अन्तर्राष्ट्रिय व्यापार र बहुपक्षीय सम्बन्धलाई विस्तार गर्ने उद्देश्यअनुरुप हालसम्म विभिन्न देशका ६६ अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसँग समझदारी गरिसकेको छ ।

भारतको नयाँ दिल्लीमा गत मङ्गलबार (माघ १ का दिन) भएको उक्त समझदारीमा चेम्बरका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाको तर्फबाट काउन्सिलका उपमहानिर्देशक कपिल गुप्ताले हस्ताक्षर गरेका छन् ।