गोली प्रहार गरी हत्या आरोपी समातिए

गोली प्रहार गरी हत्या आरोपी समातिए


गोली चलाएर सुर्खेतका दीपकसिंह ठकुरीको हत्या आरोपीलाई पक्राउ गरिएको छ । प्रहरीले गोली चलाएर हत्या आरोपी युवराज गिरीलाई पक्राउ गरेको हो ।

गिरी बर्दियामा पक्राउ परेका थिए । उनलाई बाँके प्रहरीलाई बुझाउने क्रममा भाग्न खोजेपछि गोली चलाइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । गोडामा गोली लागी घाइते भएका गिरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठकुरी गत २६ पुस २६ मा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असइमा भर्ना हुन सुर्खेतबाट कोहलपुर गएका थिए । सोही ठाउँमा ठकुरीको बीभत्स हत्या भएको थियो । हत्या आशंकामा प्रहरीले भरत शाहीलाई सुर्खेतबाट पक्राउ गरेकोमा उनीबाटै ठकुरीको हत्यामा गिरीको संलग्नता खुलेपछि प्रहरीले गिरीलाई गोली चलाएर पक्राउ गरेको हो ।