फिलिपिन्समा ५.९ म्यानिच्युडको भूकम्प

फिलिपिन्समा ५.९ म्यानिच्युडको भूकम्प


दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर, यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भूविज्ञान विभागले जानकारी दिएको छ ।

स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रबिन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराइमा रहेको सो विभागले जानकारी दिएको छ ।

भूविज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसुस गरिएको थियो । फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्निच्युड को भूकम्प आएको थियो ।

यस भूकम्पपछि पनि कुनै मानवीय र सम्पत्ति क्षतिको भने कुनै समाचार भएको थिएन । फिलिपिन्समा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।