विश्व शारीरिकमा स्वर्ण विजेता महेश्वर सम्मानित

विश्व शारीरिकमा स्वर्ण विजेता महेश्वर सम्मानित


काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको छ । सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मानपत्र र नगद ५१ हजार रुपैयाँ प्रदानगरी सम्मान गरेका हुन् ।

थाइल्यान्डको चाङमाईमा गत डिसेम्बरमा भएको १०औँ विश्व शारीरिक सुगठन तथा स्पोर्टस् फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । नेपाली शारीरिक सुगठनको इतिहास महेश्वरले हासिल गरेको उक्त उपलब्धि हालसम्म अरू खेलाडीले हात पार्न सकेका छैनन् ।