मकर मेलाका दर्शनार्थीमा विश्वास रहेछ यस्तो !

मकर मेलाका दर्शनार्थीमा विश्वास रहेछ यस्तो !


माघेसंक्रान्तिको अवसरमा मंगलबार (आज) भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपतिनारायण मन्दिरमा मेला लागेको छ ।

यी मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवती महिलाले प्रसादका रूपमा यी नारायण देवताको नाइटोमाथिको घिउ, चाकु खाएमा छोरा र नाइटोमुनी लगाइएको घिउ चाकु खाए छोरी लाभ हुने स्थानीय जनविश्वास रहेको छ ।

नेवारी भाषामा घिउ, चाकु सल्हुँ भनिने यस दिन भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ । हरेक वर्ष माघेसंक्रान्तिका दिन यी मन्दिरमा भक्तजनको धुइँचो लाग्ने गर्दछ ।

यी मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ, गर्भवती महिलाले प्रसादका रूपमा यी नारायण देवताको नाइटोमाथिको घिउ, चाकु खाएमा छोरा र नाइटोमुनी लगाइएको घिउ चाकु खाए छोरी लाभ हुने स्थानीय जनविश्वास रहेको छ

बिहान स्नान गरी जिउमा तेल घसेर घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने र हृष्टपुष्ट हुने मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने विश्वास गरिन्छ ।

आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पूजारी उत्तमाङराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाई पूजा गरेको माघेसंक्रान्ति मनाइने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।