नेपालसँगको मित्रता घनिष्ठ छ : भारतीय गृहमन्त्री

नेपालसँगको मित्रता घनिष्ठ छ : भारतीय गृहमन्त्री


भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको मित्रता घनिष्ठ रहेको बताएका छन् ।

सीमावर्ती भारतीय शहर रुपेडीयामा आज भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्दै उनले एकीकृत भन्सार जाँचचौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गरे । एकीकृत भन्सार जाँचचौकी निर्माण भएपछि नेपालसँगको व्यापार अझ विस्तार हुने गृहमन्त्री सिंहले विश्वास व्यक्त गरे ।

नेपालतर्फ नेपालगञ्ज र भारततर्फ रुपैडियामा एकीकृत जाँचचौकी निर्माण भइरहेको जाँच चौकी दुई वर्ष्भित्र निर्माण गरिसक्ने बताइएको छ । ५५ हेक्टर क्षेत्रफलको सुख्खा बन्दरगाहभित्र ६ लेनको अत्याधुनिक सडकदेखि आयात निर्यातका लागि सबै सुविधा उपलब्ध हुनेछ ।

भारततर्फ पूर्वाधार निर्माणको आधार तय गरी शिलान्यास गरिए पनि नेपालतर्फ भने जग्गा अधिग्रहण गर्नेबाहेक अन्य कुनै काम अगाडि बढेको छैन । नेपालतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा अधिग्रहण गरिएको ९० बिगाह क्षेत्रफलको जग्गा एक दशकदेखि अलपत्र अवस्थामा छ । सम्पूर्ण पूर्वाधार भारत सरकारले आफ्नै खर्चमा निर्माण गरिदिने प्रतिबद्धता भए पनि पनि काम अगाडि बढ्न सकेको छैन ।