अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारतद्वारा तालिम

अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारतद्वारा तालिम


भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (ITEC) अन्तर्गत अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई ‘Global Perspectives on Public Financial Management’ विषयमा विशेष तालिमको घोषणा गरिएको छ । अर्थ मन्त्रालय (नेपाल सरकार)ले भारत सरकारसँग नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत कर्मचारीहरूलाई उक्त तालिम प्रदान गर्न अनुरोध गरेको र सोअनुसार व्यवस्था मिलाईको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

अर्थ मन्त्रालयको आवश्यकताअनुरुप तयार पारिएको उक्त कार्यक्रम ‘इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ (INGAF) मा हुन गइरहेको बताइएको छ ।

यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्ने आयोजक पक्षको दाबी छ ।

तालिम तीन ब्याचमा सञ्चालन गरिने छ । प्रथम ब्याचका २० नेपाली कर्मचारीले पौष ३० देखि नै नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्समा तालिम लिइरहेका छन् ।

बताइएअनुसार क्ष्ल्न्ब्ँ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उक्त संस्था Institution of Internal Auditors (IAA) Florida, Atlanta School of Public Policy, Duke University, Management Development Institute (MDI) Guragaon, Indian Institute of Management, Bengaluru आदि जस्ता प्रमुख संस्थासँग आबद्ध छ ।

INGAF भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत मित्रराष्ट्रका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने साझेदार संस्था रहेको दूतावासको भनाई छ । विश्वव्यापी कार्यक्रमका अतिरिक्त INGAF ले अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा श्रीलंकाका कर्मचारीहरुलाई पनि विशेष तालिम प्रदान गर्दै आएको छ ।