ड्रोन कारबाहीमा आठ तालिबानीको मृत्यु

ड्रोन कारबाहीमा आठ तालिबानीको मृत्यु


अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मानवरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हादी जमाल सो जानकारी दिएका हुन् । बाघलान इ मार्काजी जिल्लाको कोक्चिनार क्षेत्रमा लुकेर बसेका तालिवानलक्षित सो मानवरहित विमान कारबाही गरिएको जमाल सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

सो विमान कारबाहीमा परी तालिवानका प्रमुख कमाण्डर कारी आसादुल्लाहसहित आठ व्यक्तिको मृत्यु भएको जमालले बताए । यस कारबाहीमा परी सर्वसाधारणको हताहतबारे भने कुनै समाचार प्राप्त नभएको उनले बताए ।