कार्गो विमान दुर्घटनामा १५ को मृत्यु आशंका





इरानको राजधानी शहर तेहराननजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गाे विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर, त्यस विमानमा १० व्यक्ति मात्र सवार रहेका अर्काे एक समाचारमा जनाइएको छ ।

तर, इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान इन्जिनियर मात्र जीवित रहेका थिए । कार्गो बोइङ ७०७ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएपछि दुर्घटनाग्रस्त भएको इरान वायुयान संगठनका प्रवक्ता रेजा जाफार्जादेशले सरकारी सञ्चारमाध्यम आईआरआईबीलाई बताए ।

आईआरआईबीले शुरुमा दिएको जानकारीअनुसार यस विमानमा १० व्यक्ति मात्र सवार रहेका थिए । तासनिम समाचार समितिका अनुसार सेनाको यो कार्गो विमानले काजकिस्तानको राजधानीबाट मासुजन्य खाद्य पदार्थ लिएर फर्किरहेको थियो । आल्बोर्ज प्रान्तको फाथ विमानस्थलमा अवतरण हुन लागेको यो विमानले एक भवनमा ठक्कर दिएपछि धावनमार्गभन्दा बाहिरपट्टि जबर्जस्ती अवतरण हुन लागेकोले दुर्घटनामा परेको आईआरआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया