बझाङको खप्तडछान्नामा प्राइम कमर्सियल बैंक

बझाङको खप्तडछान्नामा प्राइम कमर्सियल बैंक


आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको बताइएको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उद्घाटन गरेका हुन् ।

यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा पनि शाखाको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने दाबी गरिएको छ ।