तिलिचोको कुल कारोवार ९० करोडमाथि

तिलिचोको कुल कारोवार ९० करोडमाथि


तिलिचो बहुउदेश्यीय सहकारी संस्थाको कारोबार एक अर्ब नजिक पुगेको छ । सहकारीले २०७५ अषाढपछि हालसम्म आईपुग्दा ९० करोड बढि कारोवार गरेको हो ।

सहकारीको नवौं वार्षिक साधारणसभाको अवसरमा संस्थाका सचिव माधवनारायण तिवारीले आर्थिक बर्ष २०७४/७५ को अन्त्यसम्ममा शेयर पुँजी ६ करोड २ लाख ९६ हजार ९ सय रहेको, सदस्यबाट वचत संकलन ५८ करोड ७९ लाख ३३ हजार २ सय गरि यसै आर्थिक बर्षसम्मको जगेडा कोषमा रु. १ करोड १३ लाख ३६ हजार ८ य ४८ रहेको साथै अन्य कोषहरुमा रु. ८६ लाख ८९ हजार २ सय ५ व्यवस्था गरि संस्थालाई मजबुत बनाएको विवरण प्रस्तुत गरेका थिए ।

संस्थाले सोही आर्थिक बर्षमै रु.५५ करोड ९४ लाख ७५ हजार ८ सय ५३ कर्जा लगानी गरि कुल पुँजी ६९ करोड ९२ लाख ६३ हजार २ सय ६१ रुपैयाँ पुगेको जनाएको छ । संस्थाले सोही आर्थिक बर्षमा १ करोड ९२ लाख ३८ हजार ३५ रुपैंइँँ आयकर अघिको मुनाफा गरि ३९ लाख १५ हजार ५ सय ५४ आयकर ब्यवस्था गरि नेपाल सरकारलाई बुझाएको छ । साथै सहकारीले उक्त आर्थिक बर्षको नाफाबाट आफ्ना सदस्यहरुलाई १८ प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सहकारीको साधारणसभामा प्रमुख अतिथी समेत रहेका मनाङबाट निर्वाचित संघिय सांसद पोल्देन छोपाङ गुरुङले सहकारीले छरिएर रहेको सानो सानो पुँजीलाई जम्मा गरी ब्यक्तिको आर्थिक उपार्जजनमा सघाएको बताए । उनले मनाङका दाजभाईले लगानी गरी संचालनमा ल्याएको सहकारीले आज मनाङको मात्रै नभई मुलुकभर चिनाउन आवश्यक रहेको बताए ।

यस्तै, कार्यक्रमका बिशेष अतिथी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाँईले तिलिचो सहकारी तिलिचो ताल झैं उच्च रहनुपर्नेमा जोड दिए । उनले मनाङ जिल्ला जलविद्युतका लागि उर्वर भएकोले उजामा पनि लगानी गर्न आग्रह गरे ।
उनले अन्य सहकारीहरुले बदनाम कमाइरहेका बेला तिलिचोले ख्याती कमाएको भन्दै प्रसंशा गरेका थिए ।

यस्तै, कार्यक्रममा मनाङका प्रदेश सांसद राजिव गुरुङको समेत सहभागिता रहेको थियो । सहभागीहरुले संस्थाको प्रगतिको उच्च मुल्यांकन गर्दै मनाङका प्रतिष्ठीत ब्यक्तिहरुको सहकार्य नै संस्थाको सफलताको सुत्र भएको भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष छिरिङ नेटु गुरुङले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका प्रवन्ध संचालक दिनेश गुरुङले २०७५ अषाढपछि हालसम्म आईपुग्दा संस्थाको कुल कारोवार ९० करोड हाराहारी पुगेको जानकारी गराएका थिए ।

यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत पदमराज पन्थीले आफनो एक दशकको सहकारी व्यवस्थापनको अनुभवलाई भरपुर उपयोग गर्दै संस्थालाई अझै मजवुत बनाउँदै लैजाने साथै सदस्यहरुलाई प्रविधिमैत्री सेवा सुविधा थप गर्दै अघि बढ्ने प्रतिवद्घता ब्यक्त गरेका थिए ।