दुर्घटनामा ३१ घाइते

दुर्घटनामा ३१ घाइते


काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीपुलनजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । गाडीमा ४१ जना सवार रहेका थिए ।

अत्यधिक गतिमा गुडेको बा. २ ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर भई थप उपचारका लागि काठमाडौं पठाइए पनि उपचारको क्रममा मृत्यु भएको बुझिएको छ ।

दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ ।