प्रधानसेनापति थापा भारतीय स्थल सेनाको मानार्थ महारथी

प्रधानसेनापति थापा भारतीय स्थल सेनाको मानार्थ महारथी


मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति पूर्णचन्द्र थापालाई शनिबार (पौष २८ गते) भारतको राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको (Honorary Rank of General of the Indian Army) दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द्ध सम्बन्ध अनुरुप दुवै देशका सेनाप्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । औपचारिक भारत भ्रमणको दौरान प्रधानसेनापति थापाले हिजो (पौष २७ गते) नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण भ्रमण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।