इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो, कहाँको कति ?

इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो, कहाँको कति ?


आइतबारदेखि लागू हुने गरी हवाई कम्पनीहरुले भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायु सेवाले पनि भाडा घटाएका हुन् ।

निगमले शुक्रबारदेखि लागू हुने गरी प्रति लिटर १० रुपैयाँले इन्धनको मूल्य घटाएकोथियो । आन्तरिक उडानका वायुसेवाले भाडा घटाएको भाडा आइतबारबाट लागू गर्ने जनाएका छन् । इन्धनको मूल्यमा एक रुपैयाँ तलमाथि हुँदा भाडा पनि घटबढ हुने व्यवस्थाअनुसार भाडा घटेको वायुसेवा संचालक समितिले जनाएको छ । इन्धनको भाडा घटेसँगै बैठक बसेर निर्धारित सुत्रअनुसार नयाँ भाडा समायोजन गरिएको छ ।

आन्तरिक वायुसेवा कम्पनीले कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा घटाएको वायुसेवा सञ्चालक संघका सदस्य तथा सिम्रिक एयरका बजार निर्देशक प्रज्वज थापाले जानकारी दिए । उनका अनुसार संघले माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाएको छ । घटेको भाडा अनुसार आइतबारदेखि नयाँ भाडादरमा यात्रुले उडान गर्न पाउने छन् ।

कुन कुन गन्तब्यको भाडा कति ?

माउण्टेन फ्लाइट ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार ६,००० रुपैयाँ